ताजा अपडेट »

बुटवलमा हनुमान जन्मोत्सव

मंगलबार, ११ बैशाख २०८१, १३ : ०६
24 Shares

बुटवल । बुटवलमा हनुमान जयन्तीका अवसरमा महाविर हनुमान जन्मोत्सव हर्ष उल्लासका साथ मनाइएको छ । बालाजि महाराजको असिम अनुकम्पाले बिगतका वर्षहरुमा जस्तै मालपानि परिवार बुटवलले महाबिर हनुमान जन्मोत्सव मनाएको हो ।

सलासर बाबाले हामी सबैको मनोकामना पुरा गर्छन भन्ने जन बिस्वास रहेको छ । बुटवल औद्योैगिक क्षेत्र प्रबेशद्धार संगै रहेको मन्दिर प्रांगणमा कमल किशोर मालपानि परिवारले प्रत्येक  बर्ष पुजा लगााउने गर्दै आएको छ । यो हनुमा मन्दिर २०६४ सालमा स्वर्गिय बुवा बालकृष्ण मालपानि र आमा यशोधरा मालपानिको स्मृतिमा छोराहरु बिजय मालपानी ,कमल किशोर मालपानी  र उमाशंकर मालपानी ले स्थापना गरिदिए  संगै प्रत्येक बर्ष हनुमान जयन्तीका अवसरमा पुजाआज  गरिदै आएको  छ ।

यो हनुमान मन्दिरमा दर्शन र पुजाआजा तथा प्रसाद ग्रहणका लागि स्थानिय उद्योगी, ब्यावसायी ,श्रदालु भक्तजनहरुको  बाक्लो उपस्थितीहुने गर्दछ । हनुमान जन्मोत्सवका अवसरमा भजन कृतन  समेत  गरिने  परम्परा छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।