ताजा अपडेट »

माधव नेपालको चेतावनी : कसैले कमजोर ठाने उथलपुथल हुन्छ

शनिबार, ०८ बैशाख २०८१, ०९ : २९
22 Shares

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।

आफू देशका ठूला हस्ती राजा विरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान देखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न चेतावनी दिए ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका-२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेश कै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले आफ्नै स्वाभिमान, पहिचान, मुल्यमान्याता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।

वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठूलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफनै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझयो भने ठिक छ नत्र सबै उलटिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।