ताजा अपडेट »

नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेशद्वारा शुभकामना आदानप्रदान

मंगलबार, ०४ बैशाख २०८१, ११ : ४६
26 Shares

 

बुटवल । नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीको आयोजनामा पुष्पलाल स्मृति भवन सुख्खानगरमा नववर्ष २०८१को अवसरमा शुभकामना आदानप्रदान संगठनको विस्तारित बैठक तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्मपन्न भएको छ। 

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्वमन्त्री छविलाल बिश्वकर्माले परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुलार्इ जोगाउनको लागि अत्यन्तै सजगताका साथ मुक्ति समाजले अगुवाइ गरेर नयाँ उचाइमा पुराने जिम्मेवारी मुक्ति समाजका कमरेडहरुको काधमा आएको बताए। यो लोकतन्त्र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता हामि जस्तो पिछडिए बर्गको लागि चाहिएको र दलित मुक्ति आन्दोलनले नेपालको राजनितीक परिवेशमा ठुलो योगदान रहेको उनको जिकिर रहेको थियो। 
 एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले कार्यक्रममा बोल्दै मुक्ति समाजको काम समाज रूपान्तरको लागि अत्यन्तै ठुलो भुमिका रहेको र जातिय कुरामा अल्झिन नहुने बताए।  
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी अब नयाँ गतिले अगाडि बढ्न थालेकोले मिसन ८४ लार्इ देशको पहिलो पार्टी बनाउन मुक्ति समाजको ठुलो भुमिका रहने बताए ।
मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष नन्द विश्वकर्माले कार्यक्रममा  बोल्दै दलित मुक्ति सगठन भोटर उत्पादन गर्यौ तर कार्यकर्ता उत्पादन गर्न नसक्दा अहिले संगठनमा कार्यकर्ताको खडेरी पर्न थालेको र पाटिले मिसन ८४ मा पनि देखा पर्न सक्ने हुनाले मुक्ति समाजको तर्फबाट हरेक क्षेत्रमा आआफ्नो तर्फबाट सचेतता पूर्वक लागेर पार्टीलाई पहिलो बनाउन लाग्न पर्ने बताए । 
नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष कृष्ण विश्वकर्माले तीन महिने अभियान चलिरेको सो अवसरमा सम्पुर्ण कमरेडहरुलाई सफल बनाउन आफ्नो ठाउँबाट लाग्न अनुरोध गर्नुका साथै मुक्ति समाजको जिल्ला अधिवेशनहरुलार्इ पनि सम्मपन्न गर्न सम्पुर्ण कमरेड लाइ आग्रह गर्नु भएको थियो। 
कार्यक्रमको स्वागत उपाध्यक्ष पुरन बिश्वकर्माले र सन्चालन सागर परियारले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।