ताजा अपडेट »

दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु

आइतबार, ०२ बैशाख २०८१, २१ : ४६
74 Shares
आइतबार, ०२ बैशाख २०८१
74 Shares

दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ वर्षीया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

घोराही ९ आन्द्राभरैयाका ३/४ जना बालकहरु घरदेखि करिब ५ सय मिटर टाढा कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएको क्रममा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाई छ ।

आज दिउँसो खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएका बालकको ढिलो गरि उद्दार गरि अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घोषाणा गरेको दाङका एसपी राम बहादुर केसीले जानकारीले दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।