ताजा अपडेट »

दिपेन्द्रको विस्फोटक व्याटिङमा कतारलाई २११ को विशाल लक्ष्य

शनिबार, ०१ बैशाख २०८१, १८ : ०८
94 Shares
शनिबार, ०१ बैशाख २०८१
94 Shares

काठमाडौं । एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो ।

दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । उनले आफ्नो इनिङ्समा ३ चौका र सात छक्का हिर्काए । नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए ।

त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए ।  यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।