ताजा अपडेट »

शिशु ज्ञान कल्याणमा छैटौं वार्षिकोत्सव सम्पन्न

शनिबार, २४ चैत्र २०८०, १८ : २७
54 Shares

बुटवल । तिलोत्तमा-२ योगीकुटीमा अवस्थित शिशुकल्याण पाठशालाले शनिबार छैटौं वार्षिकोत्सव तथा पाचौं ग्राजुएशन समारोह सम्पन्न गरेको छ । कार्यक्रमको अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले नगरलाई शैक्षिक हबको रुपमा बिकास गर्न निजी  क्षेत्रको पनि सहयोग उत्तिकै आवश्यक पर्ने उल्लेखगरे ।

तिलोत्तमालाई भौतिकमात्र नभई मानवीय हिसाबले पनि बिकास गर्ने योजना सुनाउँदै उनले सबैको साझा प्रयासमा जोड दिए । यसैगरी तिलोत्तमा-२ का वडाअध्यक्ष डिलबहादुर भट्टराई, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकनाथ ज्ञवाली, काठमाडौं मन्टेश्वरीका राम देवकोटा, राजकुमार वाग्ले लगायतले बोल्दै व्यवहारिक र असल शिक्षामा जोड दिए ।

वार्षिकोत्सवका अवसरमा बालबालिकाहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । पाठशालामा मन्टेश्वरीदेखि युकेजीसम्म मात्रै कक्षा सञ्चालन गर्ने गरिनछ । शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनका लागि हरेक शैक्षिकसत्रमा ५० जनाभन्दा विद्यार्थी संख्या नबढाइने विद्यालयले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।