ताजा अपडेट »

बिगत ४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला

शुक्रबार, १६ चैत्र २०८०, १० : ३५
22 Shares

 चितवन । चार दिन देखी हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ । भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आईतबार देखि हराएको थिए, उनी हराए पछि परिवारले प्रहरीमा खबर गरे पनि तीन दिनसम्म फेला  परेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार बिगत ४ दिन देखी हराइरहेका बालकको शव बिहीबार भरतपुर महानगरपालिका –१६, ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा फेला परेको हो। बालकको आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो । सो बारेमा थप अनुसन्धान भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।