ताजा अपडेट »

सियारीलाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिँदै

शनिबार, १० चैत्र २०८०, ०७ : ३०
94 Shares

भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारीमा जुटेको छ । पालिकाले यसै आर्थिक बर्ष भित्र पूर्ण संस्थागत प्रसुती सुेवायुक्त पालिका घोषणाका लागि अभिमुखिकरण समेत शुरु गरेको छ ।

लुम्बिनी प्रदेश स्वास्थय निर्देशनालयले तयार गरेको पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार काम अगाडि बढाईएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । उनले सियारीलाई यसै आर्थिक वर्ष भित्रै पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह घोषणा गर्न लागिएको बताए ।

स्वास्थ्य मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९० प्रतिशत, दक्ष प्रसुतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसुती शुन्य र प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको सुनिश्चितता भएपछि जिल्ला समन्वय समितिले घोषणा गर्न सक्ने छ ।

सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे सियारीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी सहितको कार्यक्रम गरेका कारण पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारीमा जुट्न सकिएको बताए । उनले सियारी ४ छपियामा १५ सैयाको आधारभुत अस्पताल निर्माणको कामलाई तिव्रता दिएको बताउँदै यसको निर्माण पश्चात सियारीवासीले स्वास्थ्य उपचारमा ठूलो सहयोग पुग्ने बताए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।