ताजा अपडेट »

रामबाबु गुरुङ निर्देशित चलचित्र “डिग्री माईला”को ट्रेलर सार्वजनिक (भिडीयो सहित)

शुक्रबार, ०९ चैत्र २०८०, २१ : ४६
154 Shares
 

काठमाडौं । निर्देशक रामबाबु गुरुङ निर्देशित नेपाली कथानक चलचित्र “डिग्री माइला”को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा खारेजीको संघारमा पुगेकोे एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलर क्याम्पसको मान्यता खारेज हुनबाट जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र आफ्नै स्वाभावमा उभिएका दयाको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरले यस वर्षको अन्तिममा रिलिज हुन लागेको यो चलचित्रले नेपाली सिनमो उद्योगलाई सुखद् समापन दिने संकेत देखिन्छ ।

ट्रेलरमा दर्शकहरु हसाउँने संवाद सुन्न सकिन्छ भने यसपटक रामबाबुको सिनेमामा क्यामरा फ्रेमिङ धेरै राम्रो देखिएको छ । क्यामराको कामले सिनेम्याटिक फिल दिन्छ । दयाहाङलाई केन्द्रीय भूमिकामा देखाईएको यस चलचित्रमा अभिनेत्री आँचल शर्मा उनको प्रेमीका बनेकी छिन । दयाहाङलनैे निर्देशन गरेको “डिग्री माईला”नामको नाटकमा यो चलचित्र आधारित रहेको छ । चलचित्रले वेरोजगारीको कथालाई सिनेमामा पस्किनेछ । यस चलचित्रलाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मससँग मिलेर निर्माण गरेको हो । चत्रचित्रमा दयाहाङ र आँचलका संगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय देख्न सकिन्छ भने अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न देखाइृएको छ ।

“किन चाउरिस मरिच आफ्नै रागले” भन्ने चर्चित नेपाली उखानलाई चलचित्रले आफ्नो ट्यागलाइन बनाएको छ । चलचित्र आगामी चैत ३० गते रिलिज हुनेछ । चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एसशिनले खिचेका हुन । ट्रेलर हेर्दा दयाहाङको अन्य चलचित्रहरु जस्तै यस चलचित्रले पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा गर्न सकिन्छ ।

 
 
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।