ताजा अपडेट »

एनएमबि बैंक सुनवलद्वारा महाकवि  देवकोटा स्कुलका विद्यार्थीलाइ पोशाक वितरण

शुक्रबार, ०९ चैत्र २०८०, १२ : १०
180 Shares

अर्जुन ज्ञवाली / नवलपरासी ।  एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवलस्थित  महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयमा  पोशाक वितरण गरेकोछ ।  पहिलो पटक विद्यालय टेकेका प्ले ग्रुप नर्सरी कक्षाका ८८ जना नानीबाबुहरुलाइ टिसर्ट र हाफ पेन्ट बितरण गरेको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली जानकारी दिए।

महाकवि देवकोटा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल, प्राचार्य खेमलाल शर्मा, शिक्षक, अभिभावकहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र सिनियर एरिया म्यानेजर मेघराज तिमिसिनाले सानासाना विद्यार्थी नानुबाबुहरुलाइ पोसाक हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले एनएमबि बैंकले सुनवल क्षेत्रका जनतालाइ उत्कृष्ट  बैकिङ्ग सेवासगै सामाजिक उत्तरदायित्व अन्तरगत देवकोटा स्कुल छनौट गरि पहिलोपटक विद्यालय प्रवेश गर्ने  सानासाना नानीबाबुहरुलाइ पोशाक बितरणको सह्रानिय कार्य गरेकोमा आभार व्यक्त गरे।

 

त्यस्तै एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी वाणिज्य बैंक एनएमबि बैंकले सरकारी विद्यालयमा अध्यनरत साना विद्यार्थी नानुबाबुहरुलाइ पोशाक हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गर्नुभएको थियो ।उहाँले सामाजिक उत्तरदायित्व अन्तरगत एनएमबि बैंकले विगतमा विभित्र ठाउँमा महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको  र आगामी दिनहरुमा पनि सहयोगका कार्यक्रमहरु अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।

एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्र९एक०का सिनियर एरिया म्यानेजर मेघराज तिमिसिनाले सुनवल क्षेत्रमा करिव दुइ दशक देखि आफुहरुले उत्कृष्ट बैंकिङ्ग सेवा दिदै आएको र बैंकिङ्ग सेवासगै यस क्षेत्रमा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए। उनले छिटोछरितो, अत्याधुनिक र ग्राहक मैत्री बैकिङ्ग सेवा लिन एनएमबि बैंक मार्फत कारोबार गर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामजि बाबु पराजुली, प्राचार्य खेमलाल शर्मा, सहप्राचार्य डिल्लिराम शर्मा, लेखा अधिकृत कौसल बस्याल, एनएमबि बैंकका कर्मचारी दिनेश वस्याल, अमित गैरे, विद्यालयका शिक्षकर शिक्षिका एवं अभिभावकहरुको उपस्थिति रहेकोथियो ।

कार्यक्रम एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्र (एक) =का सिनियर एरिया म्यानेजर मेघराज तिमिसिनाको स्वागत, प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीको धन्यवाद ज्ञापन तथा सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।