ताजा अपडेट »

'शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०' पत्रकार कार्की र गौतमलाई

शुक्रबार, ११ फागुन २०८०, १४ : २३
60 Shares

बुटवल । 'शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०' बाट  पत्रकार भुवन कार्की र धनश्याम गौतम पुरस्कृत भएका छन्।

आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनीहरुलाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

बैंकको १६ औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा कार्की र गौतमलाई जनही नगद २५ हजार १  रुपियाँसहित पुरस्कृत तथा सम्मान गरेको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगाएतले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।   कार्की गोरखापत्र र गौतम कान्तिपुर दैनिकमा कार्यरत रहेका छन् ।

पुरस्कार वितरणका लागि पत्रकार  माधव नेपालको संयोजकत्वमा ३ सदस्यीय मुल्यांकन समिती गठन गरिएको थियो । समितीको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सन्जय सौगात र शाइन बैंकको तर्फबाट लालमणि पौडेल रहेका थिए ।

बैंकले वि.स. २०७८ सालदेखी पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको थियो । यो पुरस्कार २०७८ मा यमलाल भुसाल र २०७९ मा माधव नेपालले पाएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।