ताजा अपडेट »

बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

आइतबार, ०६ फागुन २०८०, ११ : २८
52 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्ताैलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने बताए । 

मन्त्री स्वयंले राजीनामा दिनुपर्नेमा दिएकाले उनलाई बर्खास्त गर्नुपर्ने र यस घटनामा गृहमन्त्री पनि जोडिएको उनको भनाइ छ । 

विमानस्थलमा प्रहरी र अध्यामगन कर्मचारीबीचको कुटाकुट भएको घटनामा छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरेको सरकारले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाएर ‘सानालाई ऐन ठूलालाई चैन’ भनेजस्तै भएको सचेतक बर्ताैलालले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।