ताजा अपडेट »

इमरान खानलाई १० वर्षको जेल सजाय

मंगलबार, १६ माघ २०८०, १६ : १५
116 Shares

काठमाडौँ । विशेष अदालतले मंगलबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई 'साइफर मुद्दा'मा १० वर्षको जेल सजाय सुनाएको छ। राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र कुरैशीलाई जेल सजाय सुनाइएको हो।

उनको पार्टी पीटीआईले एक विज्ञप्तिमा भनेको छ, 'पूर्व प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमूद कुरैशीलाई झुटो साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ र न त मिडियालाई पहुँच दिइएको छ न त यसको ट्रायल सार्वजनिक गरिएको छ। कानूनी टोलीले निर्णयलाई उच्च अदालतमा चुनौती दिनेछ र आशा छ कि सजाय निलम्बन हुनेछ।' इमरान खानलाई यस्तो बेलमा सजाय सुनाइएको हो जबकी पाकिस्तानमा आगामी  फागुन ८ गते आम निर्वाचन हुँदैछ ।

सिफर प्रकरणमा खानमाथि कूटनीतिक कागजात रहेको आरोप छ । खानले यी कागजातहरू फिर्ता नगरेको आरोपपत्रमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।