ताजा अपडेट »

भलवारी जेसिजको पदहस्तान्तरण तथा पदस्थापना

शनिबार, २१ पुस २०८०, ०९ : ५९
474 Shares
शनिबार, २१ पुस २०८०
474 Shares

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील   भलवारी जेसिजको पदहस्तान्तरण तथा पदस्थापना  कार्यक्रम सम्पन भएको छ । 

भलवारी जेसिजको २१ औं  अधिवेशनबाट चन्द्रप्रसाद भट्टराई ९जीवन० को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन भएको थियो ।  समितिको कार्यकारिणी उपाध्यक्षमा अरूण पन्थी र प्रेमनारायण पंगेनी ९अमित०, उपाध्यक्षमा राजन सुवेदी, भुवन अधिकारी, लक्ष्मण ढुंगाना र शंकर आचार्य निर्वाचित भएका थिए । 

 त्यस्तै समितिको सह–सचिवमा सागर भुसाल र सह–कोषाध्यक्षमा नितिश पाण्डे निर्वाचित भएका थिए ।  वर्ष २०२४ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी पदहस्तान्तरण तथा पदस्थापना गरिएको  प्रमुख निर्वाचन आयुक्त किशोर पंगेनीले जानकारी दिए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले युवाहरुको हक र हितमा अझ प्रभावकारी रुपमा क्रियाशिल हुन निर्वाचित समितिलाई आग्रह गरे। यस्तै तिलोत्तमा नगरपालिका ७ का वडा अध्यक्ष देबिलाल पङगेनी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सिद्धार्थनगर शाखा प्रमुख सत्यन्द्रराज सुवेदी , बुटवल जेसिज वर्ष २०२३ का अध्यक्ष हरिविक्रम कुवरले शुभकामना मन्तव्य दिएका थिए। 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।