ताजा अपडेट »

पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता

सोमबार, १८ मंसिर २०८०, २० : १४
66 Shares
सोमबार, १८ मंसिर २०८०
66 Shares

पाल्पा । दाेभान मावि,तिनाउ,पाल्पाले आफ्नाे हीरक महाेत्सवकाे अवसरमा वडा नं.२ का विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियाेगिता साेमवार दाेभानमा  सम्पन्न गरेकाे छ ।

प्रतियाेगितामा रुपा प्रावि प्रथम,थानिडाँडा मावि द्वितीय र बालज्याेति प्रावि तृतीय भएका थिए । त्यसैगरी गाउँपालिका स्तरीय मावि तहका विद्यार्थी बीच भएकाे भलिवल प्रतियाेगितामा पृथ्वीप्रकाश मावि ,तिनाउ-४ सत्यवती,प्रथम भएकाे छ । त्यसैगरी वडा नं. २ मा रहेकाे दाेभान मावि दाेस्राे भएकाे छ । त्यसैगरी बुद्वविकास मावि,तिनाउ-५,काेल्डाँडाले तृतीय स्थान हासिल गरेकाे छ ।

प्रतियाेगितामा सफलता हासिल गर्ने विद्यालय र विद्यार्थीलाई प्रमुख अतिथिका रुपमा रहेका तिनाउ गाउँपालिका प्रवक्ता यादवप्रसाद अर्यालले प्रमाण-पत्र प्रदान गरेका थिए । प्रतियोगिता,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।