काठमाडौं । प्रेस चौतारीको केन्द्रिय समिति बैठक आजबाट सुरु हुदैँछ । दार्चुला जिल्लामा आजदेखि सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ ।
सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चाैतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् । नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रिय समिति बैठक बोलाएको हो । सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुँदैछ ।
प्रतिक्रिया