ताजा अपडेट »

तिलोत्तमामा ट्रकको ठक्करबाट सहकारी अभियान्ता देवकोटासहित २ जनाको मृत्यु

सोमबार, ०४ मंसिर २०८०, १३ : ०७
72 Shares

बुटवल । रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटाको सडक दुर्घटना परी निधन भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ मोटरसाईकलमा जाँदै गरेका देवकोटालाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटासंगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि निधन भएको प्रहरीले जनाएको छ । देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवैको शव मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध उनी तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।