१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक बनमा रहेको तिलोत्तमा खस्यौली बहुउद्देश्यीय धार्मिक पर्यटकीय गौशाला ( नन्दनी) मा गाईपूजा गरेको छ । तिहारको अवसरमा जनप्रतिनिधि , गौंसंरक्षण अभियान्ता तथा स्थानीयहरुको सहभागितामा विधिपूर्वक गाईपूजाको आयोजना गरिएको हो ।

Advertisement

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गाईको संरक्षणको लागि स्थानीय तह आफैले नै गाईपूजाको आयोजना गरेको बताउँदै तिहार लगत्तै छाडाचौपायाको ब्यवस्थापन बुटवलमा सुरु हुने दाबी बताए । गाई संरक्षणको लागि उपमहानगरपालिकाले ३ वटा गौशालालाई बजेट छुट्टाएको बताउँदै पाण्डेयले एक महिने अभियान संचालन गरेर सडकमा रेहका गाईगोरुलाई गौशालामा ल्याईने जानकारी दिए । खुल्ला सीमाना र तस्करका कारण छाडाचौपायाँको संख्या सडकमा बढ्दै गएकाले नियन्त्रणको आवश्यकता रहेकोमा जोड दिए ।

गौसंरक्षण अभियान्ता योगि सोमराज महाराजले गाईगोरुको तस्कर हुँदा छाडाचौपाको समस्या देखिएको बताउँदै प्रशासनले तस्करी रोक्न सके सडकमा छाडाचौपायाँ नियन्त्रण हुने दाबी गरे । गाईको संरक्षण गर्न सके मानवको रक्षा हुने बताउँदै उहाँले स्वस्थ्य जीवन यापनको लागि गाई पालनको आवश्यकता रहेकोमा जोड दिए । धरती र आहारलाई शुद्ध बनाउनको लागि गाईको आवश्यकता रहेको बताउँदै गाईलाई कृषि र आयुर्बेदसँग जोड्नु पर्ने बताए ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले गाईको पूजासँगै संरक्षणमा जुट्नको लागि सबैलाई आग्रह गरे। थोरै बजेट र जनशिक्तले मात्र छाडाचौपायाको नियन्त्रण हुन नसक्ने बताउँदै सबै मिल्न सके मात्र छाडाचौपायालाई नियन्त्रण गर्न सकिने बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले स्थानीय तह एक भए मात्र दीगो रुपमा छाडाँचौपायाको नियन्त्रण गर्न सकिने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने