१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । प्रशिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवंम पुरस्कृत भएका छन् ।  

Advertisement

अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डाक्टर रुइत र वैज्ञानिक पुनसँगै पूर्वराजदूत, कुटनीतिज्ञ एवं शैक्षिक अभियन्ता प्रहल्लाद कुमार प्रसाईं, प्रशिद्ध कवि नवराज पराजुली, नारायण पोखरेल फाउण्डेसन, इञ्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो । 

त्यस्तै फाउण्डेसनले बरिष्ठ समालोचक एवंम साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवंम गीतकार उन्नती बोहोरा शिला, प्राध्यापक एवं साहित्यकार डाक्टर फणिन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो । त्यस्तै फाउण्डेसनले साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेम प्रकाश सिटौला, पत्रकार एचबी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ ।  त्यस्तै कार्यक्रममा बृद्ध अवस्था र सन्तानको दायित्व बोलको शीर्षकमा बिजयी हुने प्रतिभाहरुलाई सम्मान गर्दै निबन्ध प्रतियोतिाका मुख्य निर्णायक फणिन्द्रराज निरौलाले प्रतियोगीताको बारेमा संक्षिप्त मन्तब्य राखेका थिए । 

हरेक वर्ष विभिन्न पेशा, व्यबसायमा सक्रिय रहँदै आएका  विज्ञ,संस्था, समाजसेवी तथा श्रष्टाहरुलाई सम्मानरपुरस्कार अर्पण गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवंम संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवंम शिक्षाविद्ध सुरेन्द्र सिटौलाले इञ्जिनियर इश्वरकान्तको  समाजसेवी मनको  तारिफ गरे । उनले समाजका प्रतिभाहरु महावीर पुन जस्ता सदगी जीवन बिताउनेहरुलाई गरिएको सहयोग निकै राम्रो काम भएको बताए । शिक्षाविद्ध सुरेन्द्र सिटौला सिटौला समाजका संस्थापक एवंम  संरक्षक पनि हुन् । 

इञ्जिनियरि इश्वरकान्तले   २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन संचालन गरेका हुन् ।  आफ्ना बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बुबाआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउण्डेसन खोलेको उनी बताउँछन् । सिटौलाको यो संस्थाले गरिब, दिनदुखी, अनाथ, असहायहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउण्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ । साहित्यको क्षेत्रमा काम गर्नेलाई सम्मान गर्दै आएको छ । फाउण्डेसनले गत वर्ष डा भगवान कोइराला लगायत ९ जना प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको थियो ।

शनिबार सम्पन्न कार्यक्रममा सम्मानित एवंम पुरस्कृत सबै  स्रष्टाहरुको परिचय विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईंले दिएका थिए । प्रसाईं साहित्य र समाजसेवाको क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै