ताजा अपडेट »

होङ्सी सिमेन्टको चुनढुङ्गा बोकेर आउँदै गरेको टिप्परले किचेर पाल्पामा एक युवतीको मृत्यु

बुधबार, २२ कार्तिक २०८०, १४ : ३४
16 Shares
बुधबार, २२ कार्तिक २०८०
16 Shares

बुटवल । चुनढुङ्गा बोकी होङ्सी सिमेन्टको उद्योगतर्फ आउँदै गरको टिप्परले किचेर एक युवतीको मृत्यु भएको छ । पाल्पाको निस्दि गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि सडक खण्डमा बुधबार विहान भुटुकेबाट चुनढुङ्गा बोकेर नवलपुरमा रहेको होङ्सी सिमेन्टतर्फ आउँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परले किचेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी पुर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आलेको ज्यान गएको हो । सोही टिप्परमा सवार उनी ब्रेक फेलभएपछि ज्यान बचाउन हाम फाल्नेक्रममा टायरले किचेर ज्यान गएको थियो । यसैगरी टिप्परमा सवार निस्दि गाउँपालिका–७ की २५ वर्षीया हिमाली आले ज्यान बचाउन हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । चालक मनोहरी गाउँपालिका–९ का २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुर हेटौंडा–९ का २४ वर्षीय आशिष सुनार सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।