१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

नयाँदिल्ली । भारतीय प्रवर्तन निदेशालय (ईडी)को टोलीले आम आदमी पार्टी (आप)का  सांसद सञ्जय सिंहको घरमा छापा मारेको छ । बुधबार बिहानै सात बजे इडिको टोली सांसद सिंहको निवासमा पुग्यो, जहाँ एक घण्टाभन्दा बढी समयसम्म छापा मारिएको थियो। यसबारेमा आम आदमी पार्टीका सांसद आफैंले पत्रकारलाई जानकारी दिएका छन् । 

Advertisement

यस वर्षको मे महिनाको सुरुमा पनि ईडीले सांसद सञ्जय सिंहको घरमा छापा मारेको थियो। त्यतिबेला उनका सहकर्मीको घर र कार्यालयमा खानतलाली गरिएको थियो । सञ्जय सिंहले लगातार ईडी र सीबीआईलाई घेराउ गरेका छन्। उनले केन्द्र सरकारले केन्द्रीय अनुसन्धान एजेन्सीमार्फत विपक्षी नेताहरुलाई धम्की दिन खोजेको आरोप लगाउँदै आएका छन् । 

दिल्ली मदिरा प्रकरण मुद्दामा दिल्लीमा आप सांसद सिंहको निवासमा छापा मारिएको जनाईएको  । मदिरा घोटाला प्रकरणमा इडीमार्फत दायर गरिएको चार्जशीटमा संजय सिंहको नाम तीन ठाउँमा देखिएको छ । यद्धपी, ईडीले यस विषयमा पहिले नै सफाई गरिसकेको छ। 

दिल्ली रक्सी घोटालामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया यसअघि नै जेलमा छन् । यस्तो अवस्थामा अहिले सञ्जय सिंह ईडीको रडारमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ