१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटजल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे सुझाबसहित बुटवल उपमहानगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुटवलका बिकास योजनाहरुको कार्यान्वयन तथा जनजीविकासँग जोडिदएका विषयहरुमा एमालेले ध्यानाकर्षण पत्र बुझाएको बताएका छ ।

Advertisement

नगर प्रमुख खेलराज पाण्डेलाई भेटेर एमाले बुटवलका अध्यक्ष किशन ज्ञवालीको नेतृत्वमा गएको टोलीले मँगलबार ध्यानाकर्षण गराएको हो । बुटवलमा सुकुम्बासी समस्या समाधानका लागि अन्य पालिकामा भन्दा सुस्त गतीमा भएको, छाडा चौपाय व्यवस्थापनका लागि शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गौशाला सञ्चालनमा राजनीतिक स्वार्थका कारण बन्द भएको, सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि यसअघि लागू गरिएका कार्यक्रमलाई स्वार्थ अनुरुप खारेज गरिएको लगायतका गुनासाहरुसहित ध्यानाकर्षण पत्र बुझाइएको एमाले बुटवलका अध्यक्ष ज्ञवालीले बताए ।

ध्यानाकर्षण पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले कृषि योग्य जमिनलाई समेत भूउपयोग नीति विपरित गैरकृषि क्षेत्रमा परिणत गरिएको, आर्थिक संकटमा रहेका नीजि क्षेत्रलाई समेट्ने गरीअघि नबढेको लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको बताए । यसैगरि बुटवलको ज्योतिनगर पहिरोको दिर्घकालिन समाधान, विगतमा निर्मार्ण सुरु भई अलपत्र विकास योजनाहरुलाई पूर्णता दिनु पर्ने, नगरमा भवन संहिता लागू गर्नु पर्ने, कर्मचारीबाट सेवा तथा कामकाजमा हुने ढिला सुस्तीको अन्त्य गर्नु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष ज्ञवालीले बताए ।

घर नक्सा पास प्रणालीलाई डिजिटल हस्ताक्षर प्रणालीमा अगाडि बढाउनु पर्ने, विद्युतीय कर प्रणालीबाट कर तिर्ने प्रविधिलाई थप व्यवस्थित गर्नु पर्ने, शहरमा सडक वत्तिको व्यवस्था, तिनाउ नदीमा तटबन्द निर्माण लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको छ । नेकपा एमालेले बिकासलाई साझा मुद्दाको रुपमा लिएर अघि बढेको भएपनि स्थानीय सरकारले त्यसलाई वास्ता नगर्ने र व्यक्तिगत इगो लिएर अघि बढ्नेगरेको अध्यक्ष ज्ञवालीले आरोप लगाए । वर्तमान नगर प्रुमुख खेलराज पाण्डेयले आफूलाई सर्वैसर्वा ठानेर तानाशाह प्रवृत्ति देखाएको उनले बताए ।

ज्ञापन-पत्रको पूर्ण पाठ

muni-delegation-edited-2

प्रतिकृया दिनुहोस्

Flash News

बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशको राय बाझियो पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न आदेश नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर