१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

गुल्मि । गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबारदेखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै महोत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क बिज्ञ बुद्धि जिसिले उद्घाटन गर्ने गरेका हुन् ।

Advertisement

एमएम बाइक एल इभेस एण्ड बहुउद्देश्यीय प्रालि मालिका ८ को आयोजनामा असोज १५ देखि २५ गतेसम्म १० दिनसम्म चल्ने महोत्सवमा ७० वटा स्टल रहेका छ्न ।प्रथम सिमलटारी कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०८० को उद्घाटन गर्दै नेता जिसिले साबिक क्षेत्र नम्बर ३ को सिमलटारी बजार फिताले नापे पनि ब्यापारिक र प्रशासनिक दृष्टिले बिच सेन्टर परेको तर बिगतमा यसलाई कतिपयले पछाडी पारेको तथापी सडक संजालले यहाँको बिकास हुने धारणा राखे ।

त्यस्तै गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले आफुहरुले पनि सदरमुकामको उपल्लो तम्घासमा महोत्सव गर्न लागेकोले त्यस क्षेत्रका बासिन्दालाई निम्ता दिए । महोत्सवको पहिलो दिन स्टल लगायतको तयारी पूरा भएपनी सर्कस लगायतको तयारी पूरा पूरा भएको थिएन । स्टलमा मुखै रसाउने पोखराबाट ल्याईएको अचार परिकार तिर धेरैको नजर थियो । त्यस्तै स्थानिय परिकार निकै मन लोभ्याउने थियो । स्टलमा स्थानीय कृषि उत्पादन र स्थानिय कला सस्कृतिलाई निकै महत्व दिईएको छ । महोत्सवमा स्थानिय कलाकार भनिएका मालिका माबिका भाइ बहिनिहरुको प्रस्तुती राष्ट्रिय कलाकारको भन्दा कम थिएन ।

कार्यक्रममा निकै चालेका कलाकार सन्दिप न्यौपाने र आधव जोन खत्रीले दिनभर भरपुर मनोरन्जन दिएका थिए । स्थानिय नौमती बाजाले पनि महोत्सवमा प्रचार पाएको थियो ।कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, मालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल, मालिका ८ का वडाध्यक्ष सुर्य बहादुर जिसि लगायरका जनप्रतिनिधि र स्थानीय समाज सेविहरुको विशेष आतिथ्यता थियो ।

ढावा सिम्स्लटारी किशानटारी बजार बिकास समितिका अध्यक्ष खडक नेपालिको अध्यक्षतामा र स्थानिय समाज सेवि रोशनकुमार पौडेल र कलाकार माधवजोन खत्रीको उद्घोष दर्शक तताउने थियो । दोश्रो दिन मङ्गलबार चर्चित गायक खुमन अधिकारी लगायतको प्रस्तुति रहने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर