ताजा अपडेट »

तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति

सोमबार, १५ असोज २०८०, १७ : ३२
58 Shares
सोमबार, १५ असोज २०८०
58 Shares

बुटवल । तिलोत्तमा नगरपालिकाको मंगलापुर–सेमराबजार–कान्छीबजार सडकखण्ड अन्तर्गत बेबराचोकदेखि कान्छीबजारसम्म सडक निर्माणको लागि दोस्रो प्याकेजको ठेक्का सुचना प्रकाशन गर्न शहरी शासकीय तथा पूर्वाधार आयोजनाले सहमति दिएको छ ।

मन्त्रालयले नगरपालिकालाई एक पत्र लेख्दै सो २०८२ असार मसान्त भित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी दोस्रो प्याकेजको ठेक्का सुचना प्रकाशन गरी कार्य अघि बढाउन अनुरोध गरेको हो । विश्व बैंकको सहयोगमा शहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजीआईपी) मार्फत् यो सडक निर्माण हुने छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।