ताजा अपडेट »

डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना

सोमबार, १५ असोज २०८०, १६ : ३३
62 Shares
सोमबार, १५ असोज २०८०
62 Shares

इटहरी । ग्राहकहरुलाई सर्बसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले चाडपर्बलाई लक्षित गर्दे डिजिटलको हर्ष उपहारको वर्षा योजना ल्याएको छ । उपहार योजना अन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई,दितिय पुरस्कार ३२ इन्चको एलइडि टिभि २ जनालाई र तृतिय पुरस्कारका रुपमा ३ जनालाई रेफ्रिजरेटर प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै सान्तवना पुरस्कारका रुपमा पन्ध्र जनालाई भित्ते घडि र बम्पर उपहार अन्र्तगत १ जनालाई नगद १ लाख रुपैया प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए । डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका मुख्य तथा साना ठुला सहर गरि ८० भन्दा वढि आधिकारीक डिलरहरु मार्फत ग्राहकहरू लाई सुलभ मुल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउदै आएको छ । कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दे आएको छ।

स्वदेशी उत्पादन र स्वदेशी लगानीवाटनै गुणस्तरीय रंग उत्पादन सम्भव छ भन्दै अघि बढेको डिजिटल पेन्टसले छोटो समयमा कोशी प्रदेशमा निकै राम्रो फडको मारेको छ । जर्मन प्रतिधिवाट उत्पादन गरेको र आफै अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा बितरण गर्दे आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देबिप्रशाद गौतमले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।