ताजा अपडेट »

गुल्मी दर्लिङमा चट्याङ्ग लागेर दुई जना घाईते, भैंसी मर्यो

आइतबार, १४ असोज २०८०, ०७ : ३६
54 Shares
आइतबार, १४ असोज २०८०
54 Shares

गुल्मी । गुल्मीको मालिका–२ दर्लिङ्ग दुनाम गाउँमा शनिबार साझ चट्याङ्ग लागेर एक बालकसहित महिला गम्भिर घाईते भएका छ्न । गम्भिर घाईते हुनेमा दुनामका गेने बिकका १७ वर्षीय छोरा आयुष वि.क. र स्थानीय धनिराम विककि श्रीमति ६२ वर्षीया इन्द्रि बिक रहेको स्थानीय रबिन्द्र विकले जानकारी दिए ।

घाईते दुबै परिवारको उपचार गर्न जाने आर्थिक अवस्था कमजोर भएकोले कतै लैजान नसकी घरमै राखिएको छ । आयुषको मुहार र टाउकोमा चोटहरु छ्न् । उनको अहिले बिहान हल्का होस खुलेको छ । इन्द्रि बिकको आधा शरिर नै चल्दैन ।

चट्याङ लागेर सोही गाउँका धनबहादुर बिकको लैनो भैंसी मरेको छ । ती बिपन्न परिवारको विद्युतको मिटरबक्स पनि क्षतिग्रस्त भएको छ । अहिले बिहान पौदिअमराईबाट प्रहरी घटनास्थलमा आउँदै गरेको बिकले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।