ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

विहीबार, ११ असोज २०८०, १६ : ५२
46 Shares
विहीबार, ११ असोज २०८०
46 Shares

कैलाली। जोशीपुर गाउँपालिका-५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १३ हजार रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।