२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

जल्पा । प्लाष्टिक टनेलभित्र टमाटर फलेर रात्तै भएका छन् । हेर्दै रहर लाग्दा ! किसानले मन बुझाउने बाटो बनेको छ टमाटर खेती । यतिबेला टमाटर फल्ने मौसम त होइन । मौसम बेगरको उत्पादनलाई बेमौसमी उत्पादन भनिन्छ । यसले आधुनिक कृषि प्रणालीमा परिवर्तन भएको आभाष हुन्छ ।

Advertisement

पाल्पा, तानसेनदेखि ३७ किलोमिटर दक्षिणपूर्वमा रहेको जल्पा गाउँका माथिल्ला भेगमा मगरबस्तीको बाहुल्यता छ । जल्पाको तल्ला भेग राक्से, छाब्दी, दद्रा, बर्मुमा खेतीयोग्य उर्वरभूमि भएकाले धान र सुन्तला जातका फलफूल उत्पादन बढी हुने गर्दछन् ।

ढोलीमारा, माथिल्लो झेरुदी, वापान, तल्लो झेरुदी, मैदान , साकिने, खान्तुङखोला साठीकोल , आर्गिडाँडा लगायतका गाउँहरुमा मकै र कोदो खेती हुन्छन् । तर ती उत्पादनले तीन महिना खान पुग्दैन । पहिलापहिला पर्वहरु मनाउन, घर खर्च चलाउन, धौधौ पर्थ्यो कि वैदेशिक रोजगारीमा जानेको कमाइ कुर्नुपर्थ्यो । त्यो पनि नहुनेले कि उधारो माग्नु पर्ने कि सापटी पैसा खोजेर घरव्यवहार चलाउनु पर्ने बाध्यता धेरै जसोमा थियो । अझैपनि त्यो समस्या नभएको भने होइन ।

सीप र जाँगर हुनेलाई कुनै बहानाले छेक्दैन । गाउँघरतिर करीव एक दशक अघिदेखि नै थोरैथोरै मात्रामा प्लाष्टिक टनेलबाट खेती गर्थे । हिजोआज गाउँपालिका कृषि शाखाले सहयोग गरेको पाइन्छ । जल्पाको ढोलीमारामा मात्र १०० भन्दा धेरै प्लाष्टिक टनेलमा खेती हुँदै आइरहेको छ । वडाभरिमा दुई सय पचास प्लाष्टिक टनेल रहेका छन् । १८ वटा फलामको पक्की टनेल रहेको छ । फलामे टनेल निर्माणको लागि कृषि ज्ञान केन्द्र, पाल्पा र गाउँपालिका कृषि शाखाले ५०% प्रतिशत अनुदानमा सहयोग गरेको शुभसन्देश महिला कृषि सहकारीकी अध्यक्ष चन्द्रीसरा रखालले बताइन् । त्यस्तै गरि सेफ्टि नेट, प्लाष्टिक,बिऊबीजन, जैविक मल र प्राविधिक सहयोग गरेको पूर्वखोला कृषि शाखा प्रमुख सन्तोष कंडेलले जानकारी गराए ।

यस भेगमा winsari जातको टमाटर लगाउने चलन छ । असारको पहिलो हप्ता ब्याडबाट टनेलमा सार्ने गरिन्छ । असोजको पहिलो हप्तादेखि बेच्नको लागि तयार हुने गर्छ । स्याहारसुसार, मलजल, सानो बच्चा हुर्काउनजस्तै मिहिनेत गर्नपर्ने गाउँका अगुवा कृषक भुवन सिं बारघरेले सुनाए ।

कृषकका कम्तिमा एउटादेखि ४/५ वटासम्म टनेल छन् । त्यहाँबाट उत्पादित टमाटर प्रायः संकलन केन्द्रमा जम्मा गरेर आर्यभञ्ज्याङ्ग बजारबाट बुटवलको हाटबजारसम्म पुर्याउने गरिन्छ । यो मौसममा हप्ताको १० देखि २० क्वीन्टल टमाटर जल्पादेखि नजिकका बजारहरुमा पुग्ने गर्दछन् । आम्दानी राम्रै भएका छन् ।

गाउँमा टमाटर बाहेक अक्बरे खुर्सानी, तीते करेला, लोकल काँक्रा, फर्सी जस्ता तरकारीले पनि धेरै/थोरै मूल्य पाएकै छन् । कृषकको लगानी र मिहिनेत अनुसार भने सन्तोषजनक मूल्य प्राप्त हुन नसकेको तरकारी संकलक डोलबहादुर घर्ति बताउँछन् । उनले भने–बजार भाउ घटबढ हुन्छ । यसले किसानलाई मर्का पर्दोरहेछ ।

असोज महिनादेखि टिप्न शुरु गरेको टमाटर चिसो ठाउँमा मलजल, स्याहार पाउँदा माघ महिनासम्म टिप्न सकिन्छ । रोग लागेन र राम्रो स्याहार पायो भने एउटा टनेलबाट तीनदेखि चार क्वीन्टल टमाटर सजिलै उत्पादन हुन सक्छ ।

बेमौसी तरकारी खेतीको आम्दानीबाट गाउँलेहरुले घरखर्च धानेका छन् । औषधोपचार गरेका छन् । सन्तानलाई शिक्षादीक्षा दिएका छन् । लत्ताकपडा किनेका छन् । स्वरोजारी भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न