ताजा अपडेट »

गुल्मीमा पहिरोले पुरिएर ज्यान गएका मजदुरको शव परिवारलाई बुझाईयो

मंगलबार, ०९ असोज २०८०, २० : ५२
14 Shares
मंगलबार, ०९ असोज २०८०
14 Shares

गुल्मी । सोमबार दिउँसो गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा पहिरोले पुरिएर ज्यान गुमाएका मजदुरको शव परिवारलाई बुझाइएको छ । स्थानीय शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा पहिरोले पुरेर प्युठान गौमुखे–३ रजवारका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको थियो ।

उनको शव मंगलबार साँझ गुल्मी अस्पतालमा पोष्टमार्टम गराई गुल्मी प्रहरीले परिवारजनलाई बुझाएको हो । निर्मााणाधिन घरको हात्तिपाईले ढलानको काम गरिरहेका घर्तीलाई घरमाथिबाट खसेको पहिरोले पुरेको थियो । उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले जानकारी दिए ।

तीन दिनदेखि काम गरेका टेकबहादुरका परिवार र एक जना घाईते मजदुरको उपचारका लागि समेत गरी बेलबासे परिवारले १ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरी सहमती भएको हो । नेपाल निर्माण मजदुर हकहित संरक्षण समिति गुल्मीका अध्यक्ष अशोक राईले संगठनमा अबद्धहरुलाई १० हजारसम्म किरिया खर्च उपलब्ध गराउने व्यवस्था रहेको बताए । ‘ठूला ठेकेदार बाहेक अन्यले मृत्यु हुँदा विमा वा क्षतिपूर्ति दिने गरेको थाह पाएका छैनौं ।’–उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।