ताजा अपडेट »

दाङमा सवारी धनि माथि खुकुरी प्रहार

शुक्रबार, ०५ असोज २०८०, १४ : २१
88 Shares
शुक्रबार, ०५ असोज २०८०
88 Shares

दाङ। तुलसीपुरमा एक जना गाडी साहुमाथि खुकुरी प्रहार भएको छ । गाडी धनी तुलसीपुर उपमहानगरपालिका – १३ बखरियाका ३४ बर्षीय रणदेब बस्नेत माथि बिहीबार मध्य राति तुलसीपुर – ५ स्थित बसपार्कमा खुकुरी प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार चिकित्सकले घाइते बस्नेतको नाडीको नसापनि काटिएको जानकारी दिएका छन् । घाइते गाडी धनी बस्नेतलाई गयराति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो ।

बस्नेतमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तुलसीपुर – १० राइखलियानका २८ बर्षीय राममणी चौधरीलाई घटना लगतै नियन्त्रणमा लिएको थियो । चौधरीले नै बस्नेतमाथि राति करिब १२ बजे बसपार्कस्थित हिमालयन होटेल नजिकै खुकरी प्रहार गरेको जानकारी दिए ।

सोही घटनामा संलग्न रहेका तुलसीपुर – ६ सुकौरा रोड बस्ने २७ बर्षीय नबिन परियारलाई शुक्रबार बिहान घोराही उपमहानगरपालिका – १० नारायणपुरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । घटना हुँदा नेपालीले मोटरसाइकल चलाएका थिए भने सोही मोटरसाइकलसहित उनी राति नै फरार भएका थिए ।
ऋापसमा चिनजान भएका चौधरीले सामान्ने भनाभनको बिषयलाई लिएर एकाएक खुकुरी प्रहार गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुबै जना बिरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाउने तयारीमा प्रहरी छ । यसअघि असोज २ गतेपनि तुलसीपुरबाट प्रहरीले दुई जनालाई दिन दाहाडै खुकुरीसहित पक्राउ गरेको थियो । तुलसीपुर–५स्थित द पार्क क्याफेबाट तुलसीपुर – ५ रानी जरुवा बस्ने २६ बर्षीय ‘स्टार’ भनिने एडबीन जिएमलाई एक थान धारिलो खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनका साथी तुलसीपुर– ९ बेलुवाका २२ बर्षीय टोपेन्द्र राज नेपालीपनि प्रहरी नियन्त्रणमा छन् । प्रहरी अधिकारीका अनुसार उनीहरु त्यहाँ एक जना नेपाली काँग्रेस निकट युवालाई खुकुरी प्रहार गर्ने योजनाका साथ पुगेका थिए । पक्राउ परेका यि दुबै जना बिरुद्धपनि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाउने तयारी प्रहरीको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।