१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । प्रकृतीको विनास नभइ संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाले अपील गरेका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई उनीहरुको आग्रह छ ।

Advertisement

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औं साधारणसभामा बोल्ने बक्ताहरुले चुरे संरक्षण र संबिधानको रक्षा र त्यसले दिएका ब्यबस्थाहरुको संरक्षण र कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति खिमप्रसाद भट्टराइ कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले संघीयताको बारेमा गलत भ्रम फैलाइएको भन्दै सकारात्मक सन्देश प्रबाह गर्नुपर्ने बताइन् । उनले प्रदेश खारेजी नभइ थप बलियो बनाएर जनतासंग पहुच बढाउनुपर्ने बताइन् ।

शान्ति समाजका हरेक गतिबिधि नजिकबाट हेरिरहेको भन्दै उनले मानव अधिकारका क्षेत्रमा समाज अगुवा रहेको बताइन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका सभापति रामकृष्ण बरालले नया अभियान थालनी गर्ने तयारीमा रहेको बताए । उनले युवालाइ नेपालमै रोक्ने र राृेजगारी सिर्जना गर्ने बाताबरण सरकारले बनाउनुपर्ने बताए । केन्द्रिय समितिका निर्बतमान सभापतिएवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवालीको स्वागत एवं सचिब कृष्ण पाण्डेको संचालनमा भएको कार्यक्रममा समाजका बरिष्ठ उपसभापति कृष्ण रावल केन्द्रिय उपसभापति राजेन्द्र पौडेल ,राससका पूर्व अध्यष्क्ष डा बालकृष्ण चापागाइ, प्याब्सन लुम्बिनी अध्यक्ष एवं समाजका पूर्व सभापति लालहरि पाण्डे,लेखक ऋषि आजाद,नेपाल पत्रकार महासंघ लुम्बिनी महासचिब बिक्रम खड्का पत्रकार महासंघ जिल्ला सभापति रामराज पोखरेल,उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी अध्यक्ष तेजकुमार पाठक, शान्ति समाज केन्द्रिय सचिब मिना ढकाल, काठमाडौ शाखा सभापति भगवान पुडासैनी, इन्सेक प्रतिनिधि रिमा बिसी लगायतले बोल्दै समाजका सबै प्रकारका संघसंस्थासंग हातेमालो गरेर अभियान चलाउनुपर्ने बताए । साधारणसभामा अध्यक्ष भट्टराइ र कोषाध्यक्ष लिलाधर लुइटेलले पेश गरेको प्रतिबेदन पास गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य