ताजा अपडेट »

गुल्मीमा संविधान दिवस : सर्वसाधारणको सहभागिता शुन्य

बुधबार, ०३ असोज २०८०, १० : ०२
49 Shares

गुलमी । गुल्मीमा पनि विविध कार्यक्रमका साथ संविधान दिवस मनाईएको छ । संविधान दिवस मुल समारोहका अध्यक्ष जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीको नेतृत्वमा तम्घासका पानीका मुल पधेरा लगायतमा सरसफाई गरि प्रभावतफेरी गरिएको थियो ।

कार्यक्रममा प्रदेश संसदय डिल्लिराज भुसाल, दिनेश पन्थी, प्रमुख जिल्ला अधिकारी टेकराज केसी, रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुवर लगायतको सहभागिता थियो । कार्यक्रममा चार वटै सुरक्षा निकाय, कर्मचारी, राजनैतिक दल, संघ संस्थाको प्रतिनिधित्व देखिए पनि सर्वसाधारण नागरिकको सहभागिता शून्य प्राय थियो ।

कोणसभालाई सम्बोधन गर्दै मुल समारोह समितीका अध्यक्ष खत्रीले संविधान रक्षाका लामी सबै एक जुट हुन अपिल गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।