ताजा अपडेट »

कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त

सोमबार, ०१ असोज २०८०, १८ : ४२
154 Shares
सोमबार, ०१ असोज २०८०
154 Shares

काठमाडौ । कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त भएका छन्। कान्तिपुर सञ्चालक समितिले सोमबार सिरोहियालाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो।

उनी यसअघि कान्तिपुर मिडिया ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरिसकेका थिए। यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश सिरोहिया थिए। सम्भव कैलाशका छोरा हुन्। कैलाश भने अब संस्थाको अभिभावकीय भूमिकामा रहनेछन्।

उनी ३१ वर्षसम्म कान्तिपुरको प्रबन्ध निर्देशक रहेका थिए।नवनियुक्त प्रबन्ध निर्देशक सम्भवले मिडिया उद्योगहरूमा चुनौती आइरहेको बताए। पत्रकारितालाई जोगाउने जिम्मेवारी रहेको उनले बताएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।