ताजा अपडेट »

तिलोत्तमाका नगरप्रमुख खाँणले दिए आफ्नो सेवा सुबिधा वापतको रकमबाट छात्रवृत्ति

शुक्रबार, २९ भदौ २०८०, १७ : ०७
112 Shares
शुक्रबार, २९ भदौ २०८०
112 Shares

बुटवल । आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन।

५९ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा आज नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ५ हजार रुपैयांका दरले छात्रवृत्ति वितरण गरेका हुन।उनले गतवर्ष समेत छात्रवृत्ति बितरण गरेका थिए।

आर्थिक अभावमा शिक्षा बाट बञ्चित हुन नपरोस् भनेर आफ्नो सेवा सुबिधा नलिएर छात्रवृत्ति बितरण गरेको नगरप्रमुख खाणले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।