ताजा अपडेट »

नेपाल युवा उद्दमी मन्च रुपन्देहीको एंटरप्रेन्योरशिप बुट क्याम्प-२०२३ शुरु

विहीबार, २८ भदौ २०८०, १३ : २८
16 Shares

बुटवल । नेपाल युवा उद्दमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेन्योरशिप बुट क्याम्प -२०२३ शुरु भएकोछ । आवासीय रूपमा ३ दिनसम्म चल्ने कार्यक्रममा नेपाल भरीबाट छनौट भएका करिव ३० जना युवाहरु बिच बुट क्याम्प हुनेछ।

युवाको उद्दमशिलता विकासको लागि राजधानी बाहिर पहिलो पटक बुट क्याम्प आयोजना गरिएको मन्चका अध्यक्ष सन्देश श्रेष्ठले बताए। उनले आमयुवाहरुले आफ्नो देश भित्र नै अवसर देख्ने र सम्भावना खोज्न सक्ने युवा निर्माण गर्न बुट क्याम्प सफल हुने विस्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्रीज्मा एडभ्रटाइज काठमाडौका प्रमुख कार्यकारी अधिकृत रन्जित आचार्य, विशेष अतिथि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रन्जित आचार्यले उद्दमशिलताको लागि प्रत्येक युवाले आफैबाट आजैबाट सम्भावनाको खोजी गर्नुपर्ने बताउदै आफ्नो क्षमता र रुचिको पहिचान गरि उद्दममा लाग्नुपर्नेमा जोड दिए ।

मन्चका पुर्व अध्यक्ष निरज लाकौलले स्थापनाकालदेखि नै विभिन्न रचनात्मक र उद्दमशिलता विकाससग सम्बन्धि कार्यक्रम गर्दै आएको जानकारी दिए । बुट क्याम्पको प्रशिक्षकको रुपमा श्री पवित्रा गौतमले सहजीकरण गर्ने छन् । कार्यक्रम मन्चका अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षता र प्रथम उपाध्यक्ष रिसव ओझाको संचालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।