ताजा अपडेट »

विश्वविद्यालयका विद्यार्थीले बनाएको ‘विश्वकै नमुना कार’

बुधबार, ०१ फागुन २०७५, १३ : ५०
8 Shares

फागुन १,

काठमाण्डौं । काठमाण्डौं विश्वविद्यालयका विद्यार्थीहरुले निर्माण गरेको बाहन काठमाण्डु विश्वविद्यालयको मेकानिकल स्कूल अफ ईञ्जीनियरिङ विभागका स्नातक तहका तेस्रो र चौथो ब्याचका गरी दसजना विद्यार्थीहरु मिलेर निर्माण गरेको KU1.O नाम दिएको कार्यात्मक बाहन मङ्गलवार प्रदर्शन गर्दै विद्यार्थीहरु ।

विद्यार्थीहरुको ‘जुनकीरि’ नामक समूहले निर्माण गरेको सो वाहन प्रदुषण कम हुने, ईन्धन कम खपत हुने, माईलेज र डिजाईन राम्रो होस् भन्ने उद्देश्यले निर्माण गरेको उक्त वाहन करिब एक महिनामा निर्माण सम्पन्न गरेको हो ।

जुन सिधा सडकमा मात्रै गुड्न सकिने जनाएको छ । सो बाहन मलेशियामा आगामी अप्रिल २९ तारेख (विसं २०७५ चैत १५ गते)देखि ६ दिनसम्म हुन लागेको AHLLE ECO MARATHONको प्रतियोगितामा हुने प्रतिस्पर्धामा भाग लिनको लागि निर्माण गरिएको हो । तस्वीरः पेमा लामा, बनेपा, -रासस ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।