१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023


बुटवल । राष्ट्रिय पुस्तक दिवसको अवसरमा नमस्ते एकेडेमीमा पुस्तक परिचर्चा कार्यक्रमको समुदघाटन भएको छ । नमस्ते रिडर्स कलब र नमस्ते पुस्तकालय को संयुक्त कार्यक्रमको रूपमा रहेको परिचर्चा कार्यक्रम विद्यालयको रिडर्स कलबका विद्यार्थीहरुले पुस्तक पठनको महत्व शीर्षकको नाटक प्रदर्शनबाट गरेका थिए ।

Advertisement

कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुले दर्शन, कला, अर्थशास्त्र, धर्म, संस्कृति, लौकिक र अलौकिक कथा, खेलकूद, आत्मवृतान्त, भाषा, पुराण, साहित्य लगायतका विषयमा त्रैमासिक रुपमा विशेष अध्ययन गरेका सयौँ पुस्तकको समीक्षा यो कार्यक्रममा हुनेछ । अहिलेको डिजिटल जमानामा पुस्तक पढ्ने बानी अति आवश्यक छ । यो ज्ञानको लागि मात्र होइन स्वास्थ्यको लागि पनि लाभदायक छ ।

सहानुभूतिको विकास गर्न, अनुभव आफैंमा लागू गर्न , तनावबाट आराम लिन पनि पुस्तक पढ्नु अत्यावश्यक छ । स–साना बालबालिकाले हप्ता हप्तामा नयाँ पुस्तक पढी त्यसको समीक्षा सुन्न पाउँदा आफू पनि पुस्तकालय विज्ञानको विद्यार्थी रहेको र मोफसलमा पहिलो पटक इलाइब्रेरी स्थापना गरेकी नमस्ते एकेडेमीकी चिफ लाइबे्ररियन सन्जु भण्डारी दङ्ग परेको बताउँछिन ।

प्यानल डिस्कसन र व्यक्तिगत चर्चाको रुपमा रहने पुस्तक चर्चा तीन दिनसम्म चल्नेछ । पुस्तकलाई आफ्नो घर र कक्षाकोठा जत्तिकै माया गर्ने पुस्तक पारखी १५० विद्यार्थी पुस्तक समीक्षा कार्यक्रममा सहभागी भएका छन् । जसले गर्दा भविष्यमा नयाँ अनुसन्धानकर्ता जन्मदै जाने विश्वास विद्यालयले गरेको छ । अन्तराष्ट्रिय मापदण्ड पालना गर्दे त्यसका चरणहरु पार गर्दै विद्यार्थीहरु यो पुस्तक चर्चामा सहभागीभएका छन् । विद्यार्थीमा पठन संस्कृतिको विकास गराउनुका साथै अन्तराष्ट्रिय रुपमै प्रतिस्पर्धी बनाउनु यो कार्यक्रमको प्रमुख लक्ष्य रहेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

नमस्ते रिड्र्स कलबको संयोजनमा यसै वर्ष विद्यार्थी श्रेयसी पन्थी, आयुषी राज भण्डारी र प्रशान्त चौधरीले पुस्तक प्रकाशन गर्न लागेको र यो अत्यन्तै गौरबको विषय रहेको स्कुल म्यानेजमेन्ट तथा बाल साहित्य महोत्सवमा सहभागी हुन फिलिपिन्स जाँदै गर्नु भएका विद्यालयका प्राचार्य जिग्मे शेर्पाले खुसी ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध