बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले भन्सारमा गरेको कडाईले स्थानीय व्यापारमा सुधार आए पनि रोगजगारीको लागि गई घर आउनेलाई १०० रुपैयाँ भन्दा बढीको समानको आयातको अर्थ लगाई दुःख दिनु गलत भएको बताएका छन् ।
चाड पर्वहरु नजिकिदै गर्दा रोजगारीको शिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै यो वर्ष पनि अब बढ्दो रहेको र भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको शिलशिला गइ घर फर्कदा घर परिवारका लागि चाहिने सिमित अत्यावश्यक बस्तु ल्याउदा समेत १०० रुपौयाँ भन्दा बढिको माल बस्तु आयातको अर्थ लगाइ राजश्व बढाउने वाहानामा दुःख दिने र असुली गर्नु कदापी पनि स्विकार्य नहुने बताएका हुन् ।
‘ नेपालको सामाजिक परिवेश र सांस्कृतिक विविधताको कारण चाड पर्वहरु नजिकिदै गर्दा रोजगारीको शिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै यो वर्ष पनि अब बढ्दोछ । नेपालको सन्दर्भमा वैदेशिक रोजगारीमा गएकाहरुबाट पठाएको रेमिटान्स नै अर्थतन्त्रको मेरुदण्ड र विदेशी मुद्रा आर्जनको मुख्य श्रोत बनेको सन्दर्भमा भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको शिलशिला गइ घर फर्कदा घर परिवारका लागि चाहिने सिमित अत्यावश्यक बस्तु ल्याउदा समेत र १०० रुपौयाँ भन्दा बढिको माल बस्तु आयातको अर्थ लगाइ राजश्व बढाउने वाहानामा दुःख दिने र असुली गर्नु कदापी पनि स्विकार्य हुदैन ।’– विज्ञप्तिमा भनिएको छ ।
साथै उनले बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानिय बजारको ब्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत देखा परेकोमा खुशि व्यक्त गरेका छन् ।
‘पछिल्लो केही महिना यता देखि नेपाल भारत सिमामा रहेका बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानिय बजारको ब्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत गरेको छ । व्यवसायिक प्रयोजनका लागि हुने चोरी पैठारी र निकासीले स्थानिय र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल असर गर्दछ भन्ने तथ्यलाइ मनन गर्दै सरकार र सम्बन्धित निकायबाट भएका प्रयासको स्थानिय सरकार र जनस्तरबाट समेत साथ र समर्थन रहदै आएको छ ।’–उनले भनेका छन् ।
प्रतिक्रिया