ताजा अपडेट »

वर्षाले प्रभावित हुन सक्छ एमाले लुम्बिनी प्रदेश अधिवेशन : यस्तो छ आजको मौसम पूर्वानुमान

शनिबार, १६ भदौ २०८०, ०७ : १७
35 Shares

बुटवल। हिजो शुक्रबार साझदेखि निरन्तरको झरीले नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन समेत प्रभावित हुने देखिएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा हुने अधिवेशन बन्दसत्र सभाहलभित्र हुने भएपछि उद्घाटनसत्र बाहिर प्राङ्गणमा हुनेहुँदा मौसमले प्रभावित हुने देखिएको हो ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर(पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू/भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।