ताजा अपडेट »

एमसीसीविरुद्ध विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलन, रुपन्देहीसहित विभिन्न जिल्लामा अन्तरक्रिया गर्ने

शुक्रबार, १५ भदौ २०८०, ०९ : २५
40 Shares
शुक्रबार, १५ भदौ २०८०
40 Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले १९ गतेबाट २३ गतेका लागि आन्दोलनको घोषणा गरेको हो ।

सो पार्टीले रुपन्देहीसहित नुवाकोट, नवलपरासी, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर लगायतका जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ । यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने जनाएको छ । लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुंगिने बताइएको छ ।

चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौं । यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।