१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

भैरहवा । एउटा घटना सेलाउन नपाउँदै अर्को घटना भैरहवा भन्सार कार्यालयमा निरन्तर हुँदै गइरहेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले २०७८ पुसदेखि लक्ष्यअनुसारको राजश्व असुल गर्न नसकिरहेको बेला कर छलीको लागि विभिन्न गतिविधि भएका घटनाहरु बाहिरिरहेको छ । 

Advertisement

गत जेठको दोस्रो सातामा कीर्ते प्रज्ञापनमार्फत् भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा बरामद भएको थियो । १० जना अरोपितलाई पक्राउ गरि भन्सार कानुनअनुसार कारबाही थाल्यो । त्यसलगतै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा असारमा दोहोरियो । भारतबाट नेपालका लागि भित्रिएको प्याजसहितको मालबाहक ट्रक भन्सार जाँच पासबिनै बाहिरिन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले रोकेका थिए ।  युपी ३१ टी ९९४१ नम्बरको प्याजसहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरि नै लाग्दा कीर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो । 

भन्सार छलीकै मनासायले भन्सारमा गत बिहीबार प्लाष्टिकको दाना भनेर भित्र्याइएको ट्रकमा  फरक सामान पाइयो । भन्सार परिसर प्रवेश गर्दा गेटमा स्वघोषणा गरिएकोभन्दा फरक सामान पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित नेपाली र भारतीय ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा सोमबार पनि सोही प्रकृतिको घटना बाहिरिएको छ । 

औषधिको कच्चा पदार्थ भनि भन्सार परिसरमा भित्रिएको ट्रकमा आइतबार राति ३७ पोका कपडा भेटिएको छ । डिएल १ जिसी ४४४६ नम्बरको ट्रक परिसरमा प्रवेश गरि भन्सारका लागि प्रक्रियामा आएको थियो । ३ दिनदेखि सामान देखाउनका लागि भने पनि आनाकानी गरेको पाएपछि शंका लागेर जाँच गर्दा कपडा र जुत्ता चप्पल भेटिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए । त्यो घटनामा युपी ८४ टी ५३४७ नं.को ट्रकको पनि संलग्नता पाइएको छ । 

उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एकजना भन्सार एजेन्टसहित दुईजनालाई पक्राउ गरिएको छ । उक्त ट्रकभित्र रहेका कपडाका पोकामा रक्सौल नाका कोड गरिएकोले उक्त सामान काडमाडौं आसपासको हुनसक्ने भन्सार कार्यालयले आंकलन गरेको छ । तर, पनि रक्सौलबाट जानुपर्ने ट्रक भैरहवा भन्सार हुँदै प्रवेश गर्नुले भित्रैका केही व्यक्तिको सेटिङमा यहाँबाट ट्रकका ट्रक सामान तस्करी भईरहेको छ भन्ने पुष्टि भएको छ ।  

आइतबार बेलुका भन्सार गेटबाट प्रवेश गरेको उक्त ट्रकभित्र तोकिएभन्दा फरक सामान रहेको भन्ने गोप्य सूचनाको आधारमा निगरानीमा राखिएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । राति साढे १० बजे सामानको प्रकृति चेकजाँच गर्ने क्रममा पोका खोल्न आलटाल गरेपछि सोमबार बिहानै चेकजाँच गर्ने भनि कर्मचारी घर लागे ।

यही मौका छोपी ट्रकभित्र रहेका १९ वटा पोका रातारात अर्को ट्रकमा स्तानान्तरण गरेको पाइएपछि केहीबेर सोमबार विहानै भन्सारभित्र हल्लिखल्ली चल्यो । खोज्दै जाँदा उक्त ट्रकभित्र रहेका कपडाका १९ वटा पोका युपि ८४ टी ५३४७ नम्बरको ट्रकमा फेला परेकाले दुवै ट्रकलाई नियन्त्रणमा लिईएको पौडेलले जानकारी दिए ।   

एउटा ट्रकका सामान औषधिको कच्चा पदार्थ भनेर अन्नपूर्ण टमिर्नललाई घोषणा गरेको थियो भने अर्को ट्रक ७२ घण्टे म्यादभन्दा बाहिर भएकोले आइतबार राति भन्सार परिसरमा आएको थियो । औषधिको कच्चा पदार्थ भनिएको ट्रक शंकास्पद देखिएपछि जाँचका लागि भन्सारले भनिरहदा संलग्नहरुले आइतबार गएको खाली ट्रकमा ती कपडा र जुता चप्पलका सामान व्यवस्थापन गर्दै गरेको अवस्थामा घटना बाहिरिएको हो । 

सामानको मूल्यांकन भइरहेको छ । अनुसन्धानको क्रममा केही व्यक्तिको नाम आएको छ भने केही संलग्नहरु विगतको घटनामा पनि सामेल भएको पाएपछि वारेन्ट नै जारी खोजीको काम भइरहेको भन्सार प्रमुख पौडेलले बताए ।ती तस्करको विवरणसहित सीआईबीलाई अनुसन्धानका लागि पठाइएको उनले बताए । यसमा ठुलो गिरोहको संलग्नता रहेकोले यसलाई संगठित अपराधमा मुद्दा दर्ता गरेर सीआईबीलाई अनुसन्धानका लागि जिम्मा दिने तयारी रहेको पौडेलले जानकारी दिए ।

उनले भने, ‘यो सामान तस्करीको मात्र कुरा होइन यति ठुलो परिमाणमा अवैध ल्याइने सामानको भुक्तानी कुन प्रक्रियाबाट बाहिर गइरहेको छ, यसको पनि अनुसन्धान जरुरी छ ।’ भन्सारका कर्मचारी वा अन्य सम्बन्धित् व्यतिmहरुका विषयमा पनि  मोबाइल कल डिटलदेखि सीसीटीभी क्यामेराका फुटेज गहिरो अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । उनले भने, ‘सन् २००२ देखि यहाँ  विभिन्न सेक्टरमा काम गरिरहेका पुराना कर्मचारी छन्, यसमा सेटिङ नहोला भन्न सकिँदैन । हामी सुक्ष्म अनुसन्धानमा छौँ ।’

विगतको घटनाको कारबाही सम्बन्धमा १३ जनालाई अनुसन्धानपश्चात कारबाही गरिएको भन्सारले जानकारी दिएको छ । जसमध्ये चारजना धरौटीमा रिहा भएका छन् भने नौजना धरौटी रकम जम्मा गर्न नसक्दा थुनामै छन् । थप तीन जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णय दोस्रो मुलुकबाट व्यापार गर्ने जुनसुकै कम्पनीले अनिवार्य एलसी खोल्नुपर्ने भएपछि झन्झटिलो प्रक्रिया भन्दै साना व्यापारीहरुले तस्करको सहारा लिएको भन्सार प्रमुखको तर्क छ । अहिले सिजन पनि देशमा  कपडाको माग बढ्दो र वैधानिक आयात झन्झटिलो भएकोले तस्करले ठाउँ पाएका उनले बताए । खुला सीमानाकाका कारण  भन्सारमा चोरी तस्करी बढेको र नेपाली बजार सुकेको भन्दै सर्वसाधारणलाई १ सय रुपैयाँमाथिको सामानको भन्सार शुल्क लिइने गरेको छ ।  

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता