काठमाडौँ। अरिङ्गालको टोकाईबाट स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको मृत्यु भएको छ ।
मङ्गलवार साँझ घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई अरिङ्गालले टोकेर घाइते भएका थिए ।
स्थानीयको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो ।
उपचारका क्रममा राति एक बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
प्रतिक्रिया