ताजा अपडेट »

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

बुधबार, ०६ भदौ २०८०, ११ : ५२
70 Shares
बुधबार, ०६ भदौ २०८०
70 Shares

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उनले भने ।क्षतिको विवरण आइसकेको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।