१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । रोटरी क्लब अफ भैरहवाले मानसिक स्वास्थ्य, लागु औषध र मोंटेश्वरि शिक्षण बिधिमा प्रशिक्षण दिएको छ । क्लब श्री मिलन इंग्लिश बोर्डिंग स्कुल, सुनवल – ८ नवलपरासी अध्ययनरत कक्षा ८, ९ का विद्यार्थीहरु तथा शिक्षकहरुलाई मानसिक स्वास्थ्य, लागु औषध र मोंटेश्वरि शिक्षण बिधिमा प्रशिक्षण दिएको हो ।

Advertisement

स्कुलका संस्थापक अध्यक्ष गोपाल बश्यालको अध्यक्षतामा भएको कार्यक्रममा अबलोन नेपालका प्रशिक्षक रञ्जु शर्माले मानसिक स्वास्थ्य के हो र यस बाट बच्न अपनाउने बिषयमा प्रशिक्षण दिएका थिए। साथै प्रमुख प्रशिक्षक रोटरी क्लब अफ भैरहवाका वर्ष २०२३–२४ का अध्यक्ष उमेशचन्द्र आचार्यले लागु औषधको दुरुपयोग र यसबाट जोगिने उपाय र न्यूनिकरणको बिषयमा प्रशिक्षण दिनुभएको थियो र अर्का प्रशिक्षक साधना भण्डारीले मोंटेश्वरि शिक्षण बिधि सन्दर्भमा सहजीकरण गरेका थिए।

प्राचार्य नवराज न्यौपानेको स्वागत तथा शंकर पाण्डेको को संचालनमा सम्पन्न भएको कार्यक्रममा स्कुलका अध्यक्ष गोपाल बश्यालले क्लबले नयाँ सोचका साथ अगाडि बढाएको मानसिक स्वास्थ्य कार्यक्रमले स्कुल समुदयमा छुट्टै छाप छोड्ने विश्वास व्यक्त गर्दै यस्तो सचेतना कार्यक्रम हरेक स्कुलले अभिभावक लाई समेत दिनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष आचार्यले विद्यार्थीहरु तथा शिक्षकहरुलाई आवश्यक परेको पहिलो चरणको परामर्श अवलोकन नेपालसँगको सहकार्यमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा १०० जना विद्यार्थी र २३ जना स्कुलका शिक्षकहरुको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन