ताजा अपडेट »

बागेश्वर बाबा काठमाडौंमा, प्रधानमन्त्री दाहाललाइ भेटदै

शुक्रबार, ०१ भदौ २०८०, १० : ४०
44 Shares

काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । 

नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन । 

आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।

भोली उनी चौधरी समुहले निमार्ण गरेको शाश्वत धाम पुग्नेछन् ।  जहाँ उनले भदाै‌ २ देखी ४ गतेसम्म हनुमान कथा बाचन गर्नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।