१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । नेकपा एमाले जिल्ला सचिवालय रूपन्देहीको विस्तारित बैठक बिहीबार बुटवलमा सम्पन्न भएको छ । पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता तथा जिल्ला इन्चार्ज दलबहादुर रानाको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

Advertisement

बैठकले आउँदो भदौं ९ गते प्रदेशको भदौं १६ र १७ गते बुटवलमा सम्पन्न हुने प्रथम ऐतिहासिक प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । त्यस्तै अध्यक्ष तेजेन्द्र केसीको नेतृत्वमा जिल्लाका पदाधिकारी, क्षेत्रीय संयोजक र पालिकाका अध्यक्ष सहितको जनपरिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै अधिवेशनका लागि स्वयंसेवक संयोजन गर्ने जिम्मा उपसचिव चित्रबहादुर कार्कीलाई दिइएको छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बुटवल मण्डपमा गर्नेछन ।

आर्थिक वर्ष २०७९÷८० मा पार्टी सदस्य नविनकरण ८३ दशमलव ३४ प्रतिशत भएको अध्यक्ष केसीले जानकारी दिए । पार्टीको कामलाई व्यवस्थित गर्न जिल्ला र पालिकाहरूमा संयन्त्र निर्माण गरिने उनले बताए । जिल्लाको संयन्त्र निर्माणको जिम्मा जिल्ला इन्चार्ज दलबहादुर राना र पालिकाको संयन्त्र निर्माणको जिम्मा जिल्लाका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । संयन्त्र जिल्ला र प्रदेशका पदाधिकारीसहितको संयन्त्र निर्माण गरिनेछ । बैठकले जिल्ला कमिटी सदस्यमा हरिष चन्द्र सिंहलाई मनोनय गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै जिल्ला इन्चार्ज दलबहादुर रानाले पार्टीका प्रदेश नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न सबै लाग्नुपर्ने बताए । उनले पार्टीमा गुट उपगुट नभएको बताउँदै पार्टीलाई आगामी सबै निर्वाचनमा बहुमत सहितको बनाउने गरी संगठन निर्माणको काममा जुटनुपर्ने बताए । बैठकमा पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्यहरु भूमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, कमल गौतम, गुमा आचार्य र अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन