१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका ३ सेमरहवामा रहेको श्री स्टील्स प्रा.ली. को सहयोगमा रुपन्देहीका २ विद्यालयमा वृक्षरोपण गरिएको छ । रोहणी गाउँपालिका ३ धर्कधई स्थित स्प्यांगल इङ्लिस बोर्डिङ स्कूल र ओमसतिया–५, स्थित सतिया इङ्लिस बोर्डिङ स्कूलमा श्री स्टील्सको सहयोगमा ७०० विरुवा रोपिएको हो ।

Advertisement

श्री स्टील्सले ती दुई विद्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी मंगलबार वृक्षरोपण गरेको हो । विद्यालयको वातावरणलाई हरियाली र हरावरा वनाउन सहयोग पुगोस भन्ने उद्धेश्यले विद्यालयमा वृक्षरोपण गरिएको श्री स्टील्सका चिफ एकाउन्ट अफिसर प्रमोद प्रसादले बताए ।

‘विद्यालयको वातावरण हरियाली भएमा विद्यार्थीहरुको स्वास्थ्य अवस्था पनि राम्रो हुन्छ । यसकारणले ती विद्यालयमा विभिन्न प्रजातिका ३५०÷३५० विरुवा रोपेका हौँ ।’– उनले भने ‘यसले पक्कै पनि विद्यालयलाई हरियाली बनाउनका लागि केही मात्रामा भए पनि सहयोग पुग्ने अपेक्षा छ ।’ गुलमोहर, अर्जुना, राज ब्रिष्का, गुल चमन, अशोका, सागवान लगायतका विरुवा रोपिएको उनले बताए ।

स्प्यांगल इङ्लिस बोर्डिङमा भएको वृक्षारोपणमा श्री स्टिलका चिफ एकाउन्ट अफिसर प्रमोद प्रसाद र एडमिन अफिसर दिनेश कुमार साह, विद्यालयका प्रिन्सीपलमा सन्जय कुमार कौशल, भाइस प्रिन्सीपल कौलाशपति उपाध्यय र विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

यस्तै सतिया इङ्लिस बोर्डिङ स्कूलमा भएको सो कार्यक्रममा पनि चिफ एकाउन्ट अफिसर प्रमोद प्रसाद र एडमिन अफिसर दिनेश कुमार साह, विद्यालयका प्रिन्सीपल कमलेश हरिजन, भाइस प्रिन्सीपल श्याम सुन्दर हरिजन लगायत विद्यालयका शिक्षक शिक्षिकहरुको सहभागिता रहेको थियो ।

स्प्यांगल इङ्लिस बोर्डिङ र सतिया इङ्लिस बोर्डिङले आफ्नो विद्यालयमा वृक्षरोपण गरेकामा श्री स्टील्स कम्पनीलाई धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने