१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरापलिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने ४० वर्षीय दिपक घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय बेद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित ईलाम सूर्योदय नगरपालिका-११ बस्ने २६ वर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन