११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

काठमाडाैं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी बिच भेटवार्ता भएको छ ।

Advertisement

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण एबम अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी बर्षहरुमा नेपाल र चीन बीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका छन्उर । 

ध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एबम विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिदैं आएको बताउँदै नेपाल सधै एक चीन नीतिको पक्षमा रहेकाे समेत पुन दाेहाेराएका छन्र । पछिल्ला दिनहरुमा नेपाल र चीनको बिद्यायिकी सम्बन्ध बिस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबूत बनाउनेछ बिश्वास पनि ब्यक्त गरेका छनर ।

चीन नेपालका पर्यटक स्रोत मुलुकहरुमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै ‘आउट ब्याण्ड टुरिष्ट ग्रुप’ मा राखेकोमा खुसी पनि ब्यक्त गरेका छन् । चीनिया ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुरूयाउनेमा बिश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका बिभिन्न सहरबाट सोझो उडान हुने बिश्वास ब्यक्त गरे ।

नेपाल चीनबीच केरुङ-रसुवागढी, हिल्सा-पुराङ र तातोपानी-झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरु सञ्चालन हुने बिश्वास पनि ब्यक्त गरेका छन् । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि उनकाे अनुरोध थियाे । 

उक्त भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका बिषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिएका छन । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अबस्थामा रहेको जानकारी दिएकाे अध्यक्षकाे सचिवालयले जनाएकाे छ ।

‘पोखरा बिमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी छ’, उनले भने । अध्यक्ष तिमिल्सिना ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधी मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनको औपचारिक भ्रमणमा रहेको नेपाली साँसदहरुको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा