ताजा अपडेट »

प्युठान दुर्घटना अपडेट : खुल्यो मृतक आठै जनाको पहिचान

सोमबार, २९ जेठ २०८०, १९ : ०८
12 Shares
सोमबार, २९ जेठ २०८०
12 Shares

बुटवल। प्यूठानमा कार दुर्घटना हुँदा मृत्यु भएका आठ जनाको पहिचान खुलेको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको कार सोमबार दिउँसो दुर्घटनामा परेको थियो ।

स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा भएको दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षीया सरीता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनीहरूकै ९ वर्षका छोरा आदित शाहको मृत्यु भएको पहरीले जनाएको छ ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।